अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला प्रेम दिवसको दिन विवाह बन्धनमा बाँधिदै

काठमाडौँ । अहिलेका निकै चर्चित अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला फागुन २ (फेब्रुअरी १४) अर्थात् प्रेमदिवसको दिन विवाह बन्धनमा बाँधिने भएका छन्।

बिगत लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु अन्तत प्रेम दिवसको दिन पारेर विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरुले फेसबुकमा बिहेको निमन्त्रणा पत्र सार्वजनिक गर्दै विहे गर्न लागेको जानकारी गराएका छन् ।

सोमवार बिहान आफ्नो आधिकारिक फेसबुकमा डिजाइन गरिएको एक कार्डमार्फत् विवाहको मिति घोषणा गरेका हुन् । विवाहको मिति उल्लेख भएको कार्ड दुवैले आ-आफ्नो फेसबुकमा एकसाथ साझेदार गरेका छन् ।

थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी बर्षाले नाइँ नभन्नू ल ३ ‘ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी थिइन्। वर्षाको नयाँ फिल्म ‘गोपी’ आउँदो माघ १८ गते रिलिज हुँदैछ भने हाल ‘चौका दाउ’ प्रदर्शनरत छ। त्यस्तै संजोगले पनि चलचित्र ‘उत्सव’बाट अभिनेताका रूपमा डेब्यू गरेका हुन्।