चिन-नेपालको प्रमुख ब्यापारिक नाका तातोपानी नाका चिन सरकारले यसरी धमाधम निर्माण गर्दै छ, अबको चार महिना मै संचालनमा ल्याउने – भिडियो हेर्नुहोस

सिन्धुपाल्चोक । चिन-नेपालको प्रमुख ब्यापारिक नाका तातोपानी नाका तीब्रताको साथ निर्माण कार्य भइरहेको छ । वैशाख १२ को विनासकारी भूकम्पपछि वार्षिक २० अर्ब रुपैयाँको कारोवार हुने यो नाका बन्द रहँदै आएको छ।

चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाका आगामी मे महिना भित्रमै सञ्चालनमा ल्याउने तयारी छ। चीनले मे महिनाभित्रै पूर्वाधार बनाएर बन्दरगाहसहितका संरचना नेपाललाई हस्तान्तरण गर्दै छ।

भोटेकोसी नदीबाट तारजालीसहितको गाह्रो उठाउने र सडक संरचना फराकिलो बनाउने काम दिन रात भइरहेको छ । बाटो निर्माणको काम यसरी भैरहेको छ । नागरिक न्युजले खिचेको भिडीयो हेर्नुहोस :