गोविन्द केसीको छाती र फोक्सोमा समस्या देखिएपछि एका बिहानै पुर्‍याइयो जिल्ला अस्पताल इलाम !

इलाम, ३० पुस । १६ औं सत्याग्रह बसिरहेका सामाजिक अभियन्ता डा. गोविन्द केसीको फोक्सो र छातिमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

सत्याग्रहको छैठौँ  दिनमा डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान इलाम जिल्ला अस्पतालको ओपीडीमा भर्ना गरिएको उनका सहयोगी डा. रामकृष्ण आचार्यले जानकारी दिए ।

आइतबार केसीको रक्तपरीक्षण तथा पिसाब परीक्षणबाट छाति र फोक्सोमा समस्या देखिएपछि उनलाई बिहानै अनशनस्थलबाट एम्बुलेन्समा राखेर जिल्ला अस्पताल पुर्‍याइएको हो ।

चिकित्सकहरूले उनको स्वास्थ्यबारे विस्तृत रुपमा भने बताएका छैनन् ।

स्वास्थ्य शिक्षा सुधार लगायतका ६ वटा माग राखी गत बुधबारदेखि उनी अनशनमा बसेका हुन् ।