फोनमा आवाज नआएर हैरान भएका एक घर मालिकले प्राविधिक बोलाएर फोन हेर्न लगाए, जब उक्त फोन खोलेर हेरे तव उडयो होसहवास् ! (भिडियोसहित)

काठमाडौ, ३० पुस । एक व्यक्तिको घरको फोनमा फोन आउँदा रिङ नबज्ने, फोन आएको थाहा पाएर रिसिभ गर्दा कुरा राम्ररी नबुझिने भए पछि प्राविधिक ल्याएर फोन खोलेर हेर्न लगाउँदा त्याहाँ एक अचम्मको दृश्य देखिएको छ । जुन दृश्यलाई प्राविधिकले भिडियो बनाएर सामाजिक संजालमा पोस्ट गरेका छन् ।

कुरा अस्ट्रेलियाको सिड्नीको हो । त्यहाँका एक व्यक्तिले घरको पुरानो ल्याण्डलाइन फोन खोलेर हेर्दा साङ्लो नै साङ्लोले भरिएको थियो । जुन दृश्य देखेर फोन बनाउने प्राविधिक र घरमालिक दुवैजना चिच्याएका थिए ।

उक्त फोन बनाउने प्राविधिकले सोही दृश्यको भिडियो सेयर गदै क्याप्सनमा लेखेका थिए, ‘जब म एक घरमा काम गरिरहेको थिएँ त्यहाँका मालिकले मलाई फोन हेर्न भने । जब मैले फोन खोलेर हेरें, त्यहाँभित्र डरलाग्दो दृश्य देखियो ।’

हेर्नुहोस् भिडियो :