भारती उनका पति हर्षसंग रोमान्टिक मुडमा हुँदा एक्कासी बेडरुममा एक बच्चा पसेपछि…!

एजेन्सी, ३० पुस । कमेडियन भारती सिंह र पति हर्ष लिम्बाचियाको जोडीको रमाइलो प्रोमो भिडियो सार्वजनिक भएको छ ।

उनीहरु टेलिभिजन रियालिटी शो ‘खतरों का खिलाडी’ सीजन–९ को प्रोमोमा देखिएका हुन् ।

सार्बजनिक भिडियोमा भारती र हर्ष आफ्नो बेडरुममा रोमान्टिक मूडमा हुन्छन् । त्यति नै बेला उनीहरुको बेडरुमको डोरबेल बज्छ । भारती पतिलाई छोडेर ढोका खोल्न जान्छिन् । तर ढोका बाहिर कोही पनि देखिँदैन । तब भारतीयले भुँईतिर हेर्छिन्, तब त्यहाँ एक बालक देखिन्छन् । सानो बच्चालाई आफ्नो ढोका अगाडि देखेपछि भारतीले यो बच्चा कसको हो भनेर सोध्छिन् ।

त्यतिबेलासम्म हर्षपनि ढोकामा आइपुगेका हुन्छन् र भन्छन्, ‘कसैको सेतो रङको बच्चा हो?’ त्यसपछि भारतीलाई आफ्नो पतिमाथि नै शंका हुन थाल्यो र भनिन्, ‘यो तिम्रै रोजीको बगैंचाको फूल हो । हर्ष यो तिम्रो बच्चा हो ।’ भारतीको कुरा सुनेर हर्ष आफ्नो टाउको समाउँछन् । रियर लाइफमा पनि बेबी प्लालिनङमा रहेकी बताउने भारतीको रियल लाइफसंगै मेल खाने प्रोमो बनेको छ ।

भारतीयले एक संचारमाध्यमलाई दिएकोे अन्तर्वातामा यस्तो खुलासा गरेकी हुन् । उनले २०१९ मा बेबी प्लान गर्ने र आफ्नो सम्बन्धलाई नयाँ उचाइमा लैजाने बताएकी थिइन् । भारती र हर्षले ३ डिसेम्बर २०१७ मा गोवामा विवाह गरेका थिए ।