भारती र हर्षले रोमान्स गर्दा गर्दै कोठामा बच्चा पसेपछि

एजेन्सी। कमेडियन भारती सिंह आफ्ना पति हर्ष लिम्बाचियासँग टेलिभिजन रियालिटी शो ‘खतरों का खिलाडी’ सीजन–९ मा देखिएकी छन्। योबीचमा यो जोडीको रमाइलो प्रोमो भिडियो सार्वजनिक भएको छ।

यो भिडियोमा भारती र हर्ष आफ्नो बेडरुममा रोमान्टिक मूडमा हुन्छन्। त्यति नै बेला उनीहरुको बेडरुमको डोरबेल बज्छ। भारती पतिलाई छोडेर ढोका खोल्न जान्छिन्। तर ढोका बाहिर कोही पनि देखिँदैन। तब भारतीयले भुँईतिर हेर्छिन्, तब त्यहाँ एक बालक देखिन्छन्। सानो बच्चालाई आफ्नो ढोका अगाडि देखेपछि भारतीले यो बच्चा कसको हो भनेर सोध्छिन्।

त्यतिबेलासम्म हर्षपनि ढोकामा आइपुगेका हुन्छन् र भन्छन्, ‘कसैको सेतो रङको बच्चा हो?’ त्यसपछि भारतीलाई आफ्नो पतिमाथि नै शंका हुन थाल्यो र भनिन्, ‘यो तिम्रै रोजीको बगैंचाको फूल हो। हर्ष यो तिम्रो बच्चा हो।’ भारतीको कुरा सुनेर हर्ष आफ्नो टाउको समाउँछन्।

यो भिडियोको प्रोमो खतरोंका खिलाडीको हो। जहाँ अनस्क्रीन भारती–हर्ष आफ्नो कमिक टाइमिङ सबैलाई हसाउँछन्। त्यसो त भारतीले रियर लाइफमा पनि चाँडै बेबी प्लालिनङ सुरु गर्ने बताएकी छन्।

भारतीयले एक संचारमाध्यमलाई दिएकोे अन्तर्वातामा यस्तो खुलासा गरेकी हुन्। उनले २०१९ मा बेबी प्लान गर्ने र आफ्नो सम्बन्धलाई नयाँ उचाइमा लैजाने बताएकी थिइन्। भारती र हर्षले ३ डिसेम्बर २०१७ मा गोवामा विवाह गरेका थिए।