ओभर स्टे भएर नेपालमा बसिरहेका ३७३ चिनियाँ नागरिक सरकारद्वारा निष्कासित !

काठमाडौं, ३० पुस । सरकारले पुनः ३७३ चिनिया नागरिकलाई देश निकाला गरेको छ ।

भिसामा तोकिएभन्दा बढी समय बसोवास गरेर विभिन्न क्षेत्रमा काम गर्दै आएका चिनियाँ नागरिकलाई गृह मन्त्रालयले निष्कासन गरेको हो ।

मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले जलविद्युत, सडक, रसुवा करिडोर तथा सिमेन्ट कारखानामा कार्यरत चिनियाँ नागरिकलाई अनुमतिविना (ओभर स्टे) नेपालमा बसेको भन्दै देश निकाला गरेको हो ।

सन् २०१८ मा ३७३ जना चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ । चिनियाँ नागरिक पर्यटक भिसामा आएर विकास निर्माणका काममा खटिँदै आएका छन् । पछिल्लो पटक गृहमन्त्रालयले पर्यटक भिसामा नेपाल आएर कोटेश्वर–कलंकी खण्ड सडक योजनामा कार्यरत पाँच चिनियाँ नागरिकलाई निकालेको थियो ।