आफ्नो परिवार र देश छोडेर भागेकी साउदी युवती ‘क्यानडा’ लेखिएको टिसर्ट लगाएर शरण दिने देश पुगिन् , त्याहाँकी मन्त्रीले भनिन्, ‘निकै साहसी नयाँ क्यानाडेली’

एजेन्सी, ३० पुस । मुश्लिम देश साउदी अरबमा धर्म परिवर्तन गर्नु भनेको मृत्युदण्ड पाउनु जस्तै हो तथापि त्याहाँकी एक युवतीले यस्तो साहस गरेकी छिन् की उनले धर्म परिवर्तन गरिन् र परिवारले मार्ने डरले त्यहाँबाट भागिन् ।

राहफ मोहम्मद अल कूनन, १८, बैंककमार्फत अष्ट्रेलिया भाग्ने कोसिसमा थिइन् । तर बैंककको एयरपोर्टमा फसेपछि उनलाई उनको परिवारले कुरिरहेको कुवेतमा फिर्ता पठाइने सुरुमा बताइएको थियो ।

तर उनी आफ्नो परिवार भएठाउँ कुनै पनि हालतमा नफर्कने जिद्दीसहित आफूलाई एयरपोर्टको होटल रुममा थुनिन् र सोसल मिडियामार्फत आफ्नो स्थितीबारे जानकारी दिइन् । उनको मुद्दाले अन्तरराष्ट्रिय ध्यान खिचेको थियो ।

अन्ततः उनलाई क्यानाडाले शरण दियो र उनि हाँसीहाँसी क्यानडा पुगेकी छिन् । उनको क्यानडा लेखिएको खैरो हुक र युएनएचसीआर अंकित क्याप लगाएको तस्बिर विभिन्न सचार माध्यमले सार्वजनिक गरेका छन् ।

क्यानडाकी विदेश मन्त्री क्रिस्टिया फ्रिल्यान्डले ती किशोरीलाई ‘निकै साहसी नयाँ क्यानाडेली’ भनेकी छिन् । उनका अनुसार अल–कुनन आफ्ना लामो यात्रापछि निकै थाकेका कारण शनिबार कुनै सार्वजनिक बयान दिनसक्ने अवस्थामा छैनन् ।

उनी निकै साहसी युवती हुन् जसले धेरै कुरा सहेकी छिन् । अब उनी आफ्नो नयाँ घर जाँदै छिन्,’ उनले भनिन् ।