६० प्रतिशत एलर्जी साङग्लोको कारण लाग्छ

एजेन्सी । भारत तथा नेपालमा खासगरी भान्छामा पाइने जीव साङग्लोबाट हुने एलर्जीका रोगी बढ्दै गएका छन् ।

यसमा पनि महिला भन्दा धेरै पुरुष पीडित हुने गरेको भारतमा हालै गरिएको इण्डियन स्टडी अन एपीमिडोयोलोजी अफ अस्थमा,रेस्पीरेटरी सिन्टम एण्ड क्रोनिक ब्रोन्काइटिस सम्बन्धि अध्ययनले देखाएको छ । ५ वर्षको डाटालाई आधार बनाएर गरिएको अध्ययनमा ६३ हजार भन्दा बढि व्यक्तिमा एलर्जी जाँच गरिएको थियो । यसका लागि उनीहरुको ब्लड आइजीइको लेभल परीक्षण गरिएको थियो । यस अध्ययनले ३० वर्ष भन्दा कम उमेरका युवायुवीमा एलर्जीको मात्रा अधिक हुने देखाएको छ । यसमध्ये ६० प्रतिशत एलर्जी साङग्लोको कारण हुने देखिएको छ ।

एलर्जी भएको अवस्थामा यी कुरामा ध्यान दिउँ

यो जाँच खासगरी एलर्जी भएका मानिसहरुमाथि केन्द्रित भएर गरिएको थियो । यस रिपार्टप्रति आफ्नो विचार व्यक्त गर्दै एसआरएल डायगोनोटिक्सका सल्लाहकार डा. बीआर दास ले भनेका छन्–एलेर्जी मध्यमबाट लिएर गम्भीर प्रकृतिसम्मको हुने गर्दछ । आफुलाई के कारणले एलर्जी भएको हो त्यो विषयमा जान्नु प्रभावितहरुका लागि निकै आवश्यकताको विषय हुने उनको भनाई छ । यसले भविष्यमा हुने एलर्जीबाट बचाउन सक्दछ ।

पछिल्ला २ वर्षमा एलर्जी जाँच गरिने ल्याबको प्रक्रियामा निकै राम्रो सुधार आएको छ । आजभोली साधारण रक्तपरीक्षणबाट पनि एलर्जीको पत्ता लाग्ने गर्दछ । साङग्लो मात्र नभएर हावामा रहेको धुलोका कणले पनि उत्तिकै मात्रामा हामीमा एलर्जी बनाइदिने गर्दछ ।

एलर्जी के हो ?

एसआरएल डायनोगोष्टिकमा काम गर्ने डाक्टर अविनाश फड्केका अनुसार बच्चा अवस्थामा ९०, वयस्सक अवस्थामा ५० प्रतिशतमा एलर्जीको समस्या देखिने गर्दछ । यसको मूल कारण भनेको धुलो, पराग,घाँस, किरा, घरेलु जनावरका रौं आदिलाई शरीरले एक प्रकाररको प्रतिक्रिया जनाउने गर्दछ त्यो नै एलर्जी हो । यतिमात्र नभएर कतिपय अवस्थामा त खाद्यपदार्थका कारण पनि एलर्जी हुने गर्दछ । जुन पदार्थ शरीरले हनीकारक मान्दछ र प्रतिरक्षाका लागि आइजीई वर्गको एन्टीबोडी बनाउन शुरु गर्दछ यो अवस्था नै एलर्जी हो । यसको साथै शरीरमा हिस्टामाइन जस्ता रसायन पनि बन्न शुरु गर्दछ । एलर्जी हुँदा नाकमा खसखस, आँखा चिलाउने तथा कसै कसैमा छालामा राता डावर आउने गर्दछ ।

उपचार भन्दा रोकथाम उत्तम

हालै इण्डियन स्टडी अन एपीडिमियोलोजी आफ अस्थमा,रेस्पीरेटरी सिन्टम एण्ड क्रोनिक ब्रोन्काइटिस ले गरेको अध्ययन अनुसार भारतमा एलर्जीबाट १.८ करोड मानिस पीडित रहेका छन् । यसमध्ये पनि २.०५ प्रतिशत व्यक्ति त १५ वर्ष भन्दा कम उमेरका रहेका छन् ।

एसआरएल डायगोनिस्टका मुख्य कार्यकारी अधिकारी अरिदम हलदार भन्छन्–हामी सबैलाई थाहा भएकै कुरा हो हामी बस्ने शहरमा प्रदुषणको मात्रा दिनानुदिन बढ्दै छ । यसले रोगहरुको मात्रा पनि बढाएको छ । वायु प्रदुषणले पनि धेरै मात्रामा मानिसमा एलर्जीको समस्या देखिरहेको छ । उनका अनुसार एलर्जीको लक्षण देखिनासाथ उपचार गराइहाल्नुपर्दछ । र एलर्जी हुनै नदिनका लागि प्रदुषित हावाबाट बच्ने अधिकतम कोशिस गर्नुपर्दछ ।

(नवभारतटाइम्सबाट )