कोकाकोलामा रक्सि मिसाएर युवतीको सामुहिक बलात्कार

काठमाडौं, २९ पुस । पेय पदार्थमा रक्सि मिलाएर किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेको छ । गत पुस २२ गते भद्रपुर–४, भगवती टोलमा रहेको चिया बगान छेऊमा रहेको खाली चौरमा किशोरीमाथि सामुहिक बलात्कार भएको थियो ।

बलात्कारको आरोपमा झापाको भद्रपुर–४, करेला चोक बस्ने ३२ वर्षीया अम्मर भनिने घरबहादर लिम्बु पक्राउ परेका छन् । झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार घटनामा संलग्न २४ वर्षीय राजेश राजवंशी अझै फरार छन् ।

बलात्कार हुनु भन्दा अगाडी दुइ किशोरी त्यहाँ भए पनि एक जना भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । राति ८ बजे १५ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरी परेपछि अनुसन्धानका क्रममा लिम्बु पक्राउ परेका हुन् ।