पदको चरम दुरुपयोग गर्दै मन्त्रीले सचिवलाई कुटेको विषयमा छानबिन गर्न सरकारद्वारा समिति गठन

काठमाडौं, २९ पुस । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई कुटेको विषयमा छानविन गर्न समिति गठन गरिएको छ ।

प्रदेश २ का मन्त्री यादवले सचिव झालाई कुटेपछि प्रदेश सरकारले समिति गठन गरेको हो ।

आइतबार भएको सो घटनाबारे अध्ययनका लागि आइतबार नै बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बैठकले आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ३ सदस्यीय समिति बनाएको हो ।

समितिमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य छन् ।