हज कमिटीको अध्यक्षमा मियाँ

काठमाडौँ, २९ पुस | नेपाल हज कमिटीको अध्यक्षमा अर्घाखाँची बालकोटका शमशेर मियाँ नियुक्त हुनुभएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट उक्त कमिटीको अध्यक्षमा उहाँलाई आज नियुक्त गरिएको गृहमन्त्रालयले जनाएको छ । नेपाल हज समिति कार्यविधि २०७२ बमोजिम उहाँलाई दुई वर्षका लागि नियुक्त गरिएको हो । कमिटीले साउदी अरेबियाको मक्कामा हज गर्न जाने तीर्थयात्रीको व्यवस्थापन गर्दै आएको छ । रासस