पापीहरूले यस्तो सम्म गरे : कोकमा रक्सि मिसाएर दुई युवकद्वारा १८ बर्षीय किशोरीलाई सामूहिक बलात्कार !

झापा, २९ पुस । नरपिसाचहरुले समाजका छोरीचेलीहरुको अस्मिता लुट्न अनेक आइडिया लगाउँछन् । कसैले घुम्न जाउँ भन्दै एकान्तमा लगेर बलात्कार गर्छन्, कसैले नशालु पदार्थ खुवाएर बेहोस बनाएर बलात्कार गर्छन् । झापामा यस्तै एउटा घटना सार्बजनिक भएको छ । जहाँ कोकाकोलामा रक्सि मिसाएर युवतीलाई खुवाई सामुहिक बलात्कार गरिएको छ ।

भद्रपुर नगरपालिका ४ फागुचोक निवासी ३२ वर्षीय घरबहादुर लिम्बू र सोही ठाउँका २८ वर्षीय राजेश राजवंशीले गत पुस २२ गते आइतबार आपसी चिनजानको आधारमा दुईजना किशोरीलाई कोक खान आग्रह गरेका थिए । किशोरीद्वयले पनि उनीहरुको कुरा स्वीकार गरी कोक खाए । तर, ती दुई युवकले कोकको बोतलमा रक्सी मिसाएको उनीहरुले थाहा पत्तोसमेत पाएनन् ।

केही समयपछि रक्सीले लठ्ठ परेपछि ती दुई किशोरीमध्ये १५ बर्षीया एक किशोरीलाई नजिकैको जंगलमा लगेर युवकद्धयले सामूहिक बलात्कार गरेका थिए । रक्सीले लठ्ठ परेकी ती किशोरीलाई आफु बलात्कार भएको थाहा समेत भएन । साँझ परेपछि दुवै किशोरी घर नर्फिएपछि उनीहरुको खोजी कार्य भयो ।
बलात्कार हुनबाट जोगिएकी अर्को किशोरीले परिवारजनलाई सबै घटनाबारे जानकारी गराएपछि मात्र बलात्कार भएको घटना सार्वजनिक भएको थियो ।

किशोरी बलात्कारमा परेको घटना थाहा पाएपछि उनका परिवारजनले महेशपुर प्रहरी चौकीमा जानकारी गराएका थिए । प्रहरी चौकीमा मुद्दा दर्ता नहुने भएपछि परिवारजनले पुस २७ गते प्रहरी कार्यालय झापामा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा प्रहरीले विशेष सुराकीबाट लिम्बूलाई पुस २८ गते भद्रपुर २ स्थित डिगाउँबाट पक्राउ गरेको छ भने राजेश राजवंशी फरार रहेका छन् ।