प्रदेश २ का मन्त्रीले सचिव कुटेपछि पत्रकारहरु संग कुरा गर्दै यसरी रोए (भिडियो)

जनकपुर। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले आफ्नै कार्यकक्षमै बोलाएर हातपात गरेका छन्  मन्त्रीले भनेको एनजिओलाई योजना नपारेको भन्दै करिब २:५५ बजे कार्यकक्षमा बोलाएर कुटपिट गरेको सचिव विद्यानाथ झाको पत्रकारहरुलाई बताएका छन् । यो घटना अर्थमन्त्रालयको र्थमन्त्रीको चेम्बरमा भएको हो।

मन्त्रीका अनुसार भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो, सचिव झाले भने। सभामुख सरोजकुमार यादवकै अगाडि मन्त्रीले कुटपिट गरेका हुन्।

कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको छ। उता मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन्।

कुटपिटपछि पत्रकारसँग छोटो कुरा गर्दै सचिव झाले भने, ‘हाम्रै मान्छे हुनुपर्छ, हाम्रै आइएनजीओ हुनुपर्छ भन्ने उहाँले इन्ट्रेस्ट राखिराख्नु भएको छ।’स्रोत: अन्नपूर्णपोस्ट