गए राती गस्ती टोलीमा रहेको प्रहरी कारबाहीमा मारिएका भनिएका व्यक्ति मोस्ट वान्डेट सूचीको कुख्यात “गुण्डा” केदार रहेको खुलासा !

काठमाडौँ , २९ पुस । गए राती रुपन्देहीमा प्रहरीको गोलि लागि मृत्यु भएका व्यक्ती प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका एक कुख्यात अपराधी भएको रहस्य बाहिरिएको छ ।

मारिएका व्यक्ति विभिन्न फौजदारी मुद्दामा फरार रहेका सोहि नगरपालिका- ६ का केदार साहानी भएको पुष्टि भएको छ ।

सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा रहेको प्रहरीमाथि गोलि प्रहार भएपछि प्रहरीले पनि गोलि चलाएको थियो ।

राति करिब १२ बजे भारतीय मोटरसाइकल युपी ५३ एच २०२८ मा आएका दुईजनाले प्रहरीमाथि फायरिङ्ग गरेपछि जवाफी कारवाहीमा साहानीको मृत्यु भएको रुपन्देहीका एसपी हृदय थापाले जानकरी दिए ।

तस्करले चलाएको गोलि लागि एक प्रहरी जवान पनि घाइते भएका छन् । प्रहरी जवान कृष्ण श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको प्रहरीले जनाएको छ ।

विगतमा तत्कालीन नेकपा माओवादीसँग आवद्ध साहनी पछिल्लो समय जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समूह (भुमिगत समूह) रहेर चन्द असुलीमा सक्रिय हुँदै आएको बुझिएको छ ।

प्रहरीको गोलि लागि घाइते भएका साहनीलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ ।