पुस्तकप्रतिको अनौठो प्रेम : १ सय १० वर्ष बुढो रुखको ठुटोमा यसरी बनाइयो अचम्मको पुस्तकालय !

एजेन्सी, २९ पुस । अमेरिकाको इडाहोमा एक महिलाको पुस्तक प्रेम देखेर दुनिया चकित परेका छन् ।

ती महिलाले द लिटिल फ्री (ट्री) लाइब्रेरी नामक अनौठो लाइब्रेरी स्थापना गरेकी हुन् ।

उनले आफ्नो घर अगाडी रहेको १ सय १० वर्ष भन्दा पूरानो बुढो रुखको ठुटोलाई नै आफ्नो पुस्तकालय बनाएकी छिन् । घर अगाडिको बगैँचामा रहेको उक्त रुख ढाल्ने क्रममा उनले यस्तो अनौठो आइडिया लगाएकी थिइन् ।

रुखको ठुटो भित्र खोक्रो बनाएर माथिबाट छानो हालियो । रुखको तलबाट प्वाल पारेर निकै आकर्षक ढोका बनाई ठुटोभित्र किताबहरु राख्ने घर्रा समेत बनाईएको छ । उनले उक्त पुस्तकालयमा आफुलाई मनपर्ने र अन्य विभिन्न पुस्तकहरु पनि राखेकी छिन् ।

सडकको छेउमा रहेको उनको यस्तो अनौठो पुस्तकालय स्थानीय क्षेत्रमा निकै चर्चित बनेको छ । यस पुस्तकालय स्थापना गर्नु अघि उनी एक पुस्तकालयमा लाइब्रेरियनको जागिर गर्थिन् ।