ट्रकको टायरमा फसेको अजिङ्गरलाई बल्ल -तल्ल यसरी निकालियो ! (भिडियो सहित)

एजेन्सी, २९ पुस । सामाजिक संजालको बढ्दो प्रयोगसंगै पछिल्लो समय अजिव अजीवका घटनाहरु देख्ने सुन्ने गरिन्छ । यस्तै एउटा घटनाले यतिबेला सबैलाई चकित तुल्याएको छ ।

जनवरी १० को दिन थाइल्याण्डमा एक ट्रक ड्राइभरले थकाइ मार्नको लागि सडक छेउमा ट्रक पार्क गरे । ड्राइभर ट्रक भित्रै एक निन्द्रा पनि सुते । निन्द्रा पुगेर उठेपछि उनी आफ्नो गन्तब्यतर्फ जानको लागि ट्रक स्टार्ट गरे तर पछाडीको टायरमा केहि कराएको आवाज सुनेपछि ड्राइभर त्यहाँ पुग्दा एक अजङ्गको अजिङ्गर देखे । अजिङ्गरको एक्लै उद्धार सम्भव नभएपछि उनले स्थानीयलाई समेत सहयोग मागे ।

लगभग १० मिनेट लगाएर अजिङ्गरलाई टायरबाट निकालेको एजेन्सीले जनाएको छ । ट्रक ड्राइभर भन्छन्, ”अजिङ्गर मरिसकेको हाम्रो शंका थियो, तर जीउँदै रहेछ, उद्धार सँगै अजिङ्गरलाई झाडीमा छाडेर म आफ्नो गन्तव्य तर्फ लागे । ”

भिडियो हेर्नुहोस् :