भाइरल झक्कड थापाको पहिलो म्युजिक भिडियो सार्बजनिक, हट मोडलसँग यसरी नाचे झक्कड़ ! (भिडियो सहित)

काठमाडौँ, २९ पुस । नेपाल आइडलबाट बाहिरीए पनि सामाजिक संजालदेखि युट्युब च्यानलभरि भाइरल भएका झक्कड थापाले पहिलो म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

झक्कडकै स्वर रहेको अब नाचन्या हुँ, गाउन्या हुँ’ बोलको गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

यस गीत मार्फत झक्कड थापाले आफ्नो दुख पस्किन खोजेका छन् । उनले भोगेको पारिवारिक, आर्थिक दुखलाई पनि समावेश गरेर तयार पारिएको यस गीतमा गोविन्द मधुर आचार्यको संगीत रहेको छ ।

नेपाल आइडलमा भाइरल भएपछिको समयमा भोगाईलाई पनि समावेश गरेर तयार पारिएको गीतको म्युजिक भिडियोमा झक्कड आफैले पनि अभिनय गरेका छन् भने उनलाई सीता राई, सागर कान्छो, जीवन बुढामगर, प्रेमराज आदिले पनि साथ दिएका छन् ।

गीतको म्युजिक भिडियोको सम्पादन र निर्देशन सन्देश शाहले गरेका हुन् भने छायाँकंन रोशन भाटले गरेका छन् ।

भिडियो हेर्नुहोस् :