‘कफी विद करण’ का कारण हार्दिक पान्ड्या र केएल राहुल निलम्बनमा, चम्कियो भाग्य यी दुई खेलाडीको !

एजेन्सी, २९ पुस । ‘कफी विद करण’ टक शोमा महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै अलराउण्डर हार्दिक पान्ड्या र केएल राहुललाई भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले निलम्बन गरे पछि दुई नयाँ खेलाडीले स्थान पाएका छन् ।

बिसिसिआईले अस्ट्रेलियासँगको दुई वान डे तथा न्युजिल्यान्डसँग हुने ५ वान डे र ३ टी-२० सिरीजको लागि युवा अलराउण्डर शुभमन गिल र विजय शंकरलाई स्थान दिएको हो ।

निलम्बनसँगै पान्ड्या र राहुल भारत फर्किसकेका छन् भने उनीहरुमाथि छानबिन भई रहेको छ । छानबिन समय सम्म दुवै खेलाडी टिम बाहिर रहने बिसिसिआईले जनाएको छ ।

भारतलाई यू-१९ विश्वकप जिताउन महत्वपूर्ण प्रर्दशन गरेका गिलले पञ्जाबबाट रणजी ट्रफीमा सानदार प्रर्दशन गरेका छन् । मात्र १० इनिङसमा २ शतक र ५ अर्धशतक प्रहार गर्दै ९८.७५ को औसतमा कुल ७ सय ९० रन बनाएका छन् । राहुलको स्थानमा गिलले पहिलो पटक सिनियर टिममा मौका पाएका हुन् ।

२७ वर्षिय अलराउण्डर विजयी शंकरले भारतीय टिमबाट टी-२० खेली सकेका छन् । शंकरले सन् २०१८ मार्च मा श्रीलंकासँग खेल्दै भारतबाट टी२० खेलमा डेब्यू गरेका थिए । वान डे खेलमा भने पहिलो पटक मौका पाएका हुन् । पान्ड्याको स्थानमा शंकरले लिएका हुन् ।