विदेशबाट फर्किने प्रत्येकलाई ५०/५० ग्राम सुन बोकाएर सुन तस्करी गर्ने श्रेष्ठ पक्राउ !

काठमाडौं, २९ पुस । बैदेशिक रोजगारबाट फर्किएका व्यक्तिले प्रतिव्यक्ति ५०/५० ग्राम सुन ल्याउन पाउने नियमको फाइदा उठाउँदै सुन तस्करी गर्न थालिएको नयाँ रहस्य बाहिर आएको छ ।

पछिल्लो समय यसरी भित्र्याइएका सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा संकलन गर्दै गर्दा धनकुटा घर भइ काँडाघारी बस्दै आएका २८ वर्षीय समिर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई २५० ग्राम सुन र ४१ हजार रुपैयाँ नगदसहित काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ गरेको हो ।

श्रेष्ठले यूएई, कतार लगायतका मुलुकबाट फर्किने कामदारसँग प्रतिव्यक्ति ५०÷५० ग्राम सुन ल्याउन लगाउने गरेका थिए । त्यसवापत उनले प्रतिव्यक्ति ६ हजार रुपैयाँ दिने गरेका थिए ।