फूल्चोकी जङ्गलमा हराएका १६ जना किशोर–किशोरीहरुको प्रहरीले सकुशल उद्दार गरे

काठमाडौँ । ललितपुरको फूल्चोकी जङ्गलमा घुम्न गएका १६ जना किशोर–किशोरीको हराएपछि सबैको प्रहरीले सकुशल उद्धार गरेको छ।

शनिबार साझ ललितपुरको गोदावरी नगरपालिकास्थित फूल्चोकी जङ्गलमा घुम्न गएका उनीहरु आफुहरु हराएको चालपछि उनिहरुले प्रहरीलाई खबर गरेका थिए । उद्धारमा खटिएको महानगरीय प्रहरी परिसर ललितपुरको टोलिले उनीहरुको सकुशल उद्धार गरेको हो।

प्रहरी टोलिले गोदावरी बसपार्कबाट करिब १० किलोमिटर पूर्व जंगलको बीचबाट १२ जना किशोर र ४ किशोरीहरुलाई सकुशल उद्धार गरेको हो। फूल्चोकी जङ्गल घुम्न गएका उनीहरु दुई समूहमा बिवाजित भएपछि बाटो बिर्सेर हराएका थिए।