आखिर किन बन्द हुने भयो लोकप्रिय टेलि सिरियल ‘नागिन ३’?

एजेन्सी, २९ पुस । दर्शकहरुले अत्याधिक रुचाएका चर्चित टेलि सिरियल ‘नागिन ३’ बन्द हुने भएको छ ।

दर्शकहरुको प्रिय टेलि सिरियल ‘नागिन ३’ फेब्रुअरीको अन्तिम साता देखि बन्द हुने भएको हो ।

यति लोकप्रिय हुँदा हुँदै पनि यो टेलि सिरियल किन बन्द हुने भन्ने बारेमा भने केहि खुलाइएक छैन । नागिन ३’को अन्तिम एपिसोड १२ फेब्रुअरीमा शुट गरिने छ । नागिन ३ लाई बन्द गर्नुको कारण नखुलाइएको भए पनि नया सिलिजले रिप्लेस गर्ने एक स्रोतले बताएको छ । व‍िवेक दह‍ियाको नया शो ‘कवज २’ले नागिन ३ लाई रिप्लेस गर्न लागेको अनुमान लगाइएको छ ।

‘नाग‍िन ३’मा हररका साथै सुन्दर अवतारमा देखिने गरेका अनीता हंसनदानी, सुरभ‍ि ज्योत‍ि, कर‍िश्मा तन्नालाइ पनि नयाँ शो ‘कवज २’ देख्न सकिने सम्भावना भने रहेको छ ।

सन् २०१५ मा नागिनको पहिलो सिजन अन एयर भएको थियो जसमा मौनी रोयले नागिनको भूमिका निभाएकी थिइन् । दर्शकले यस सिरिजलाई धेरै नै मन पराएका थिए ।