सुनचाँदीको मुल्य घट्यो ! यस्तो छ आजको भाउ

काठमाडौँ,२९ पुष। नेपाली बजारमा आज आइतबार सुनचाँदीको मुल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनचाँदीको मुल्य तोलामा २ सय रुपैयाले घटेको हो । शुक्रबार स्थिर रहेको सुनको मुल्यमा आज केहि रकमले परिवर्तन आएको छ ।

हिजो शुक्रबार प्रतितोला ६० हजार ७ सय रुपैयामा किनबेच भएको छापावाला सुनको मुल्य आज तोलामा ६० हजार ५ सय रुपैयामा कारोबार भइरहेको छ । आज तेजावी सुनको मुल्य प्रतितोला ६० हजार २ सय रुपैंयामा किनबेच भइरहेको छ ।

त्यसैगरी,आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले घटेको छ । शुक्रबार प्रतितोला ७ सय ६५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज तोलामा ७ सय ६० रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।