थुलुङ राई भाषा पाठ्यक्रम विकास समिति र थुलुङ राई संस्कृति प्रतिष्ठान विच एकता,थुलुङ भाषाको बाल गीत सार्वजनिक !

काठमाण्डौ । थुलुङ राई भाषा पाठ्यक्रम विकास समिति विघटन गरी थुलुङ राई संस्कृति प्रतिष्ठानसँग एकता गरिएको छ । दुबै संस्थाको प्रतिनिधित्व हुने गरी नयाँ केन्द्रीय कार्य समिति गठन गरिएको हो ।

आज शनिवार कोटेश्वर स्थित् किरात राई यायोख्खाको भवनमा बसेको संयुक्त भेलाले वृहत छलफल गरी निम्नानुसार नयाँ केन्द्रीय समिति गठन गरिएको छ ।

अध्यक्ष निर्कुधन थुलुङ आफ्नो मन्तव्य राख्नु हुदै

अध्यक्ष निर्कुधन थुलुङ राई,बरिष्ठ उपाध्यक्ष खुक्सङ खम्बु, भिम थुलुङ राई, महासचिव पदम थुलुङ राई, सचिव सन्तोष थुलुङ राई, कोषाध्यक्ष चन्द्रकला थुलुङ राई, सह–कोषाध्यक्ष माओदिप थुलुङ राई, सदस्यहरु मणिराम थुलुङ राई, बलराम थुलुङ राई, मनिषा थुलुङ राई, दिपक समर्पण राई, धनबल थुलुङ राई रहेका छन् ।

थुलुङ राई भाषा पाठ्यक्रम विकास समिति विघटन गर्ने क्रममा संयोजकको नाताले एकवर्षको अवधीमा भएको कामको चर्चा खुक्सङ खम्बुले गरेका थिए । खम्बुले भने, ‘जति काम भयो त्यसको जस सबैले लिऊँ, कहीँ गल्ती भए अपजस मलाई दिनुहोला । संयोजकको नाताले अपजसको जिम्मा मैंले लिनुपर्छ ।’

बरिष्ठ उपाध्यक्ष खुक्सङ खम्बु आफ्नो मन्तव्य राख्नु हुदै

हामी सबैको विचार फुटेर हैन जुटेर नै अघि बढ्नुपर्छ भन्ने हो । हामीले गरेको काम र चालेको कदम पूर्णतः किरात थुलुङ राई समुदायको हितमा रहेको छ । समय सापेक्ष थुलुङ राई समुदायको हक र अधिकारको लागि लड्दै थुलुङ राई भाषा, संस्कार, संस्कृति, मुन्दुम बचाउनु आज बनेको नयाँकार्य समितिको मुल उद्देश्य हुने धारणा अध्यक्ष निर्कुधन थुलुङले बताउनु भयो । हामी सँग कुनै किसिमको स्वार्थ नरहेको भन्दै सबै मिलेर अझै धेरै समुदायको निम्ति काम गर्दै जानु पर्नेमा अध्यक्ष राईले जोड दिनुभयो । आगामी चैत सम्म कक्षा २ को विद्यालय स्तरीय पुस्तक प्रकाशन र व्याकरण प्रकाशन गरिसक्ने जानकारी पनि दिनुभयो ।

द्रुत गतिमा काम अगाडि बढाउन थुलुङ राई संस्कृति प्रतिष्ठान मातहत विभिन्न समितिहरू पनि आजै गठन गरेको महासचिव पदम थुलुङ राईले जानकारी गराउनु भयो ।

प्रतिष्ठानको विधान मस्यौदा समिति सल्लाहकार जनिकुमार थुलुङ राईको संयोजकत्वमा अध्यक्ष निर्कुधन थुलुङ राई र उपाध्यक्ष खुक्सङ खम्बु रहने गरी तीन सदस्यीय गठन गरिएको छ । त्यसै गरी पाठ्यपुस्तक लेखन समितिमा कोषाध्यक्ष चन्द्रकला थुलुङ राई, मणिराम थुलुङ राई, बलराम राई, माओदिप थुलुङ राई तथा आवस्यकता अनुसार पछि थप्ने गरि गठन गरिएको छ । सूचना तथा प्रविधि तर्फ धनबल थुलुङ राई र जमिन थुलुङ राई रहने गरी समिति गठन गरिको छ ।

त्यसैगरी सल्लाकारहरुमा थुलुङ राई संसकृति प्रतिष्ठानको सल्लाहकारहरूमा शिक्षाविद् जनिकुमार थुलुङ राई र दुतिमान थुलुङ राई रहने गरि गठन गरिएको छ । आवस्यक्ता अनुसार सल्लाहाकारमा विशिष्ट व्यक्तित्वहरूलाई पछि थप गर्ने पनि निर्णय भएको छ ।

यसै बीच कक्षा–१ को पुस्तक भित्र रहेको ६ ओटा बाल गीतलाई प्रतिष्ठानको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गर्दै जाने निर्णय भएको छ । त्यस मध्ये आज एउटा बाल गीत ‘ध्युम्ले ध्युम्ले ध्युम्ले, आनु बिक्नी खोत्ले’ बोलको गीत थुलुङ राई सस्कृति प्रतिष्ठानको अफिसियल युट्युब च्यानल थुलुङ राई च्यानल (Thulung Rai Channel) बाट सार्वजनिक गरिएको छ, भने अन्य पाँच वटा बाल गीत हरेक दिन नेपाली समय अनुसार दिउँसोको ३ बजे यसै च्यानलबाट सार्वजनिक गरिने भएको छ ।

अन्य जानकारीको लागी थुलुङ राई सस्कृति प्रतिष्ठानको अफिसियल वेबसाईट thulung.org.np लगअन गरेर पनि हेर्न सकिनेछ |

भिडियो हेर्नुहोस: