माघे सङ्क्रान्तिमा सकेसम्म गर्नुहोस यी ५ कार्य, लाभै लाभ मिल्नेछ, जान्नुहोस

नेपालीहरुले मान्दै आएका चाड मध्ये एक माघे (मकर) सङ्क्रान्ति (माघ १ गते) पनि एक हो । माघी पर्वका अवसरमा मानिसहरुले विभिन्न परिकारका फलफुलहरु  पकाएर खाने गर्दछन । बिशेष गरेर घ्यु, चाकु, फलफुल तरुल खाने चलन छ। सुर्य जब धनु राशीबाट निस्किएर मकर राशिमा प्रवेश गर्दछ तब माघे संक्रान्ति मान्ने गरिन्छ ।

माघे संक्रान्तिमा सुर्य दक्षिणायनबाट उत्तरायण हुने गर्छ । जसबाट सबै प्रकारको शुभ र मांगलिक कार्य फेरि देखी सुरु हुन्छ । यस पटक मकर संक्रान्तिमा अमृत सिद्दि , सवार्थ सिद्दि र रवि योग पनि रहनेछ।

ज्योतिषमा यी तिन योगलाई निकै शुभ मान्ने गरिन्छ। मकर संक्रान्तिको यस प्रकारको शुभ योगमा पूजा-पाठ, स्नान र दान गर्दा शुभ फलको प्राप्ति हुने गर्छ।

माघे संक्रान्तिमा जसरी पनि गर्नुहोस यी ५ कार्य

१. माघे संक्रान्तिमा अरु दिन जस्तै बिहान चाढै उठेर आफ्नो नजिकैको पवित्र नदीमा गई नुहाउनुहोस् । यदी यो सम्भव छैन भने घरमै पानीमा थोरै गंगाजल राखेर स्नान गर्नुहोस् ।

२. स्नान गरिसकेपछि तामाको भाडामा जल, चामल र रातो फुल राखी सूर्य देवतालाई समर्पित गर्नुहोस । जल चढाउने समयमा सुर्यको मन्त्र जप गर्नुहोस ।

३. माघे संक्रान्तिमा दान दिने परम्परा छ । त्यसैले यस दिन मन्दिर गएर गुड र कालो तिल दान गर्नुहोस । यसरी दान गर्दा सूर्य र शनि देव प्रशन्न हुने मान्यता रहेको छ ।

४. सुर्यलाई जल चढाईसकेपछि मन्दिरमा शिवलिङ्गमा कालो तिलको साथ जल अर्पित गर्नुहोस ।

५. माघे संक्रान्तिमा तिल र गुडबाट बनेको चिज खानुहोस ।

-बिगुलन्युज