‘रेस’को चौथो सिक्वल बन्ने, सैफ अलिले के गर्लान् ?

एजेन्सी, २९ पुस । बलिउड चलचित्र ‘रेस’ दोस्रो सिक्वेलसम्म आइपुग्दा राम्रै नाम र दाम कमाएको थियो तर तेस्रो सिक्वेलले भने दाम कमाए पनि साख भने गुमाएको थियो ।

सिनेमामा सैफ अलि खान, अक्षय खन्ना, अनिल कपुर, विपासा बसु, क्याटरिना कैफ तथा समिरा रेड्डी प्रमुख भूमिकामा थिए । सिनेमाको सफल्तासंगै दोश्रो सिक्वल आयो । जसमा सैफ अलि, दिपिका पादुकोण, ज्याकलिन फर्नान्डिजको साथमा जोन अब्राहमको खलनायकत्व सिनेमा फेरि सफल भयो ।

तत:पश्चात गत वर्ष सिनेमाको तेश्रो सिक्वल आयो नयाँ स्वरूपमा । सलमान खानको उपस्थितिले सिनेमाले पैसा त कमायो तर आफ्नो साख गुमायो । सिनेमालाई लिएर थुप्रै ट्रोलहरू बनाइए । ३०० करोड भारूको कमाइका बाबजुत सिनेमाले ‘रेस’ फ्रान्चाइज’को इज्जत लिलाम गरेको आरोप खेप्यो ।

सिनेमामा सलमानका अलावा बबी देवल, अनिल कपुर, ज्याकलिन फर्नान्डिज, डेजी शाह तथा शकिब सलिम थिए।

सिनेमाले पाएको यस प्रतिक्रियाका कारन चौथो श्रृखंलाका लागि यसका निर्माताहरूले सैफलाई पुन: सिक्वलमा ल्याउने प्रयास गरिरहेको भारतिय संचारमाध्यमले जनाएका छ न्। सिनेमाका निर्माता रमेश तुर्रानीले सिक्वलमा सैफलाई ल्याउने कसरत थालिसकेको बताइन्छ । सिनेमालाई दोश्रो श्रृखंलाबाट नै अगाडी लैजाने निर्णयका कारण उनीहरू पुन: सैफकोमा पुगेको बताइन्छ ।

यसबारेमा सैफको कुनै धारणा भने बाहिर आएको छैन् ।