जनप्रतिनिधि नै सुन तस्करीमा संलग्न, प्रहरी जोगाउन उद्दत !

सिरहा, २९ पुस । सुन तस्करीमा संलग्न रहेको जनप्रतिनिधिलाई प्रहरीकै मिलेमतोमा उम्काउन खोजिएको समाचार सार्बजनिक भएको छ ।

सिराहको गोलबजार, ९ धुर्मीखोला नजिकबाट तस्करीक पौने दुई किलो सुन बरामद गरेके सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको हो ।

सार्वजनिक गरेको एक अभियुक्तले नै सूचना चुहाएपछि सशस्त्रले अन्य तीन जनालाई पक्राउ परेको जानकारी दिएको छ । सदरमुकाम लहानस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणबाट खठिएको टोलीले सुनसहित उनीहरुलाई पक्राउ गरेको थियो ।

घटनामा अभियुक्त अमिरुल खानले अन्य तीन जना पनि पक्राउ परेको पत्रकारमाझ बताएपछि प्रहरी अप्ठ्यारामा परेको थियो । पत्रकारले थप बुझ्न खोज्दा एक दुई घण्टा पछि आउनुहोस भन्दै एसपी सोमप्रसाद गुरुङले सम्मेलन सक्काएका थिए ।