आज अमेरिकी डलरको भाउ कति छ ? थाहा पाउनुहोस्

काठमाडौँ, २९ पुस । आज (आइतबार) नेपाली बजारमाअमेरिकी डलरको भाउ स्थिर छ । शुक्रबारको तुलनामा शनिबार १२ पैसाले बढेको अमेरिकी डलरको भाउ आज भने स्थिर रहेको हो ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १२ रुपैयाँ ४८ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ८ पैसा छ ।

युरोपियन डलर १ को खरिद दर १२९ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रि दर १३० रुपैयाँ ३१ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८१ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रि दर ८१ रुपैयाँ ७१ पैसा रहेको छ ।

त्यसैगरी, एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ १५ पैसा छ । त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ८९ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ६ पैसा रहेको छ ।

एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ६१ पैसा छ । त्यस्तै यूके पाउण्डको खरिददर १४३ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर १४४ रुपैयाँ ६२ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल हेर्नुहोस् ।