यस्तो छ आज विभिन्न देशको विनिमय दर जान्नुहोस

काठमाडौँ – आज (आइतबार) नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार शुक्रबारको तुलनामा शनिबार १२ पैसाले बढेको अमेरिकी डलरको भाउ आज भने स्थिर रहेको छ। आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १२ रुपैयाँ ४८ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ८ पैसा छ।

त्यसै गरि यूके पाउण्डको खरिददर १४३ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर १४४ रुपैयाँ ६२ पैसा छ। एक कतारी रियाल खरिददर ३० रुपैयाँ ८९ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ६ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ६१ पैसा छ। एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ १५ पैसा छ।