प्रधानमन्त्रीले पानीजहाज चल्ने ठोकुवा गर्दै टिकट काट्न आह्वान गरेका भए पनि अझै प्रारम्भिक चरणमै

काठमाडौँ पुस २९ – प्रधानमन्त्री केपी ओलीले गत असार १५ मा संसद् बैठकमा पुस १५–१६ का लागि पानीजहाज चल्ने ठोकुवा गर्दै टिकट काट्न आह्वान गरेका भए पनि यो अझै प्रारम्भिक चरणमै रहेको आजको समाचारमा उल्लेख छ ।

प्राविधिक रुपमा नेपालमा पानीजहाज सञ्चालन असम्भव छैन तर पानीजहाजबारे स्वयं प्रधानमन्त्रीको पहलकदमीको अभाव र यसका लागि सार्थक प्रयास नहुँदा यसको काम प्रारम्भिक चरणमा छ । सरकारी अधिकारीहरुका अनुसार अझै पानीजहाजको काम प्रारम्भिक चरणमा छ । नेपाल पानीजहाज ऐन २०२७ मा यसका लागि नेपाल पानीजहाज कार्यालय स्थापना गर्ने उल्लेख छ । तर, हालसम्म आधारभूत रुपमा आवश्यक कार्यालय स्थापना हुन सकेको छैन ।

नेपाल वायु सेवा निगमको वाइडबडी छोटो दूरीका यात्रु बोक्न प्रयोग गरिएको अर्को खबर पनि छ । समाचार अनुसार, छोटो दूरीमा वाइडबडी उडाउँदा इन्जिनको साइकल खेर गइरहेको छ ।

कारोबार दैनिकमा खबर छ ।