ऐश्वर्यालाई यी दुई अभिनेताले प्लाष्टिक ब्युटि भनेपछि हंगामा …!

एजेन्सी, २८ पुस । विश्वसुन्दरी तथा बलिउड अभिनेत्री ऐेश्वर्या राय बच्चनलाई केहि बलिउड अभिनेताले प्लास्टिक सर्जरी भनेर सार्बजनिक रुपमै भनेपछि माफी माग्नु परेको छ ।

ऐेश्वर्याले एक अन्तवार्तामा मान्छेले आफुलाई गरेको नराम्रो कमेन्टले उनीहरु प्रति घृणा लागेकी बताएकी छन् ।

ऐेश्वर्याले भनेअनुसार उनको एक्स बोइफ्रेण्ड विवेक ओबरोए र इमरान हाश्मीले यस्तो भनेको हुन सक्ने अनुमान लगाइएको छ । विवेकले पटक पटक उनको सक्कली रुप नभएर इन्डष्ट्री प्लाष्टिकले भरिएको भन्ने गरेका थिए । इमरानले पनि उनलाई करण जोहरको च्याट शो कफी वीद करण मा ऐश्वर्यालाई मजाक बनाएका थिए ।

इमरानले त एश्वर्यालाई प्लास्टिक जस्तो लाग्छ भनेर भनेका थिए । उनको यस्तो कमेन्टले ऐश्वर्यासँग माफी माग्न बाध्य बनाएको थिए । यही केशको कारण एश्वर्याको मन इमरानप्रति अझै फेरिएको छैन् । त्यसपछि अजयदेवगानको फिल्ममा अफर आउँदा पनि ऐश्वर्याले इमरान भएको थाहा पाएपछि फिल्म नै रिजेक्ट गरेकी थिइन् ।