आफ्नो विकट गाउमा डिजिटल अस्पताल बनाउन पुगेका रविलाई गरिव जनताको यस्तो माया र आशिर्वाद (फोटो फिचर)

काठमाण्डौ, २८ पुस । चर्चित कार्यक्रम सिधा कुरा जनतासंगका संचालक रबि लामिछाने सामाजिक सेवामा पनि लागि परेका छन् । कालिकोटको रास्कोट सामुदायिक अस्पताललाई अब नमुना डिजिटल अस्पतालको रुपमा विकास गरिने पत्रकार रवि लामिछाने बताएका छन् ।

चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासंग’ बाट हजारौको उद्दार गरिसकेका रबि लामिछानेले अन्य सामाजिक काम पनि गर्दै आएका छन । उहाकै नेतृत्वमा कालिकोट जिल्लामा रास्कोट कम्युनिटी हस्पिटल बन्ने भएको छ । सोहि योजनाको लागि स्तलगत अबलोकन गर्न उहाको टिम कालिकोटमा छ ।

उनले अस्पताल बनाउनका लागि पार्टीको झण्डा नबोक्न सबैलाई आग्रह गरे । तीन तहका सरकार एक, हामी एक भएर लाग्यौं भने सोचेभन्दा चाडै अस्पताल बन्नेछ, उनले भने । त्यस्तै कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले नकरात्माक सोचले देश विकास नहुने बताएका छन् ।

नेपालकै दुर्गम जिल्ला कालिकोटमा लगभग ३ करोड रुपैयाको लगानिमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । त्यस क्षेत्रको लागि अत्यावश्यक उक्त अस्पताल निर्माणका लागि स्थानिय सरकारले पनि सहयोग गर्ने भएको छ । त्यसका अलावा देश विदेशमा रहेका नेपालीहरुको आर्थिक सहयोगबाट उक्त अस्पताल निर्माण सम्पन्न हुनेछ ।

‘खुट्टा तान्ने प्रवृतिले देशको विकास हुदैँन् ।’ उनले भने, ‘देश विकासका लागि सबै एक भएर लाग्नुपर्छ ।’ कालिकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण पहलका लागि अभियान कार्यक्रम उद्घाटन गर्दै मन्त्री भण्डारीले देश विकासको लागि सबै नागरिक एकजुट हुनुपर्ने बताए । कर्णालीमा अहिले पनि बिरामीलाई उपचारका लागि डोको र जहाज कुर्नु पर्ने बाध्यता रहेकोले त्यसको अन्त्य गर्न प्रदेश सरकार लागिपरेको उनले बताए । सामुदायिक अस्पताल बनाउनका एक करोड रुपैयाँ संकलन भइसकेको अस्पतालका निर्माणका अभियन्ता डा. मुकुद ढकालले बताए ।

अस्पताल निर्माणको लगि पत्रकार रबि लामिछानेले जिम्मा लिएको बताउँदै उनले बाँकी काम लामिछाने मार्फत हुने बताए । कालिकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण पहलका लागि रवि पुगेपछि त्यहाँका स्थानीय गरिव जनताले काम सफल होस् भन्ने शुभकामना साथै ज्येष्ठ नागरिकहरुले आशिर्वाद समेत दिएका थिए।