अशोक दर्जी र भुईकटहरको हिसाव किताव पाथीभरा मन्दिरमा बुझाए संयोजक वाईबाले – भिडियो हेर्नुहोस

उर्लाबारी, पुस २८ । चर्चित बालगायक अशोक दर्जी त्यसैगरी उनका साथी भुइकटहर उर्फ टिकाराम धिमालको घर निर्माण समितीका संयोजक हुन्, समाजसेवी पुर्ण वाईबा ।

मोरङ उर्लाबारी निवासी वाईबा सामाजिक क्षेत्रका सदैव सक्रिय छन् । देश विदेशबाट संकलित रकमबाट उनी लगायतको टिमले दयनिय अवस्थामा बसोबास गर्दै आएका यी दुई बालकका परिवारका लागीे घर निर्माण गरेका थिए । घर हस्तान्तरण पछि निर्माण कार्यमा खर्च भएका सम्पूर्ण हिसाव उनले पारदर्शी ढंगले प्रस्तुत गरेका थिए । आफूले गरेको पूर्व घोषणा अनुरुप नै उनले आज पूर्वको पवित्र धार्मिक स्थल ईलाममा रहेको सानो पाथिभरामा गएर हिसाव बुझाएका छन् ।

सामाजिक कार्य गर्दा पारदर्शिता हुन जरुरी रहन्छ हरु आफूले गरेको पूर्व घोषणा अनुरुप नै हरु आफूले गरेको पूर्व घोषणा अनुरुप नै सोही कारणले आफूले भगवान साक्षी राखेर हिसाव बुझाएको उनले बताए । साथै देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई विशेष धन्यवाद दिदै अशोक र भुइकटहरलाई सफलताको शुभकामना पनि दिएका छन’ ।