म्याराथनमा पार्की प्रथम

चितवन, २८ पुस | लायन्स क्लब अफ बागिश्वरीले आज यहाँ आयोजना गरेको २१ किलोमिटर मिनी म्याराथुन प्रतियोगितामा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की पहिलो हुनु भएको छ ।

उहाँले प्रमाणपत्रसहित नगद रु ४० हजार प्राप्त गर्नुभएको छ । उहाँले २१ किमीको दूरी एक घण्टा ११ मिनेट ४१ सेकेन्डमा पार गर्नुभएको हो । नेपाल आर्मीका कृष्ण बस्नेत दोस्रो हुनुभएको छ । उहाँले रु २५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । उहाँले एक घण्टा ११ मिनेट ५२ सेकेन्डमा दूरी पार गर्नुभएको हो ।

यसैगरी आर्मीका गजेन्द्र शाह तेस्रो, आर्मीकै होमलाल श्रेष्ठ चौथो, आर्मीकै कल्याण बानियाँ पाँचाँै हुनुभएको छ । उहाँहरुले क्रमशः रु १५ हजार, रु सात हजार र रु पाँच हजार नगद प्राप्त गर्नुभएको छ । क्लबका अध्यक्ष जीवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विजयीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो । रासस