यूरोप भनेपछि कति मरिहत्ते गर्दारहेछन् भन्ने कुरा यसरी प्रस्ट हुन्छ : गद्दाभित्र लुकेर युरोप छिर्न खोज्ने दुई अफ्रिकी पक्राउ !

एजेन्सी, २८ पुस । युरोप भनेपछि दुनिया कति मरिहत्ते गर्दा रहेछन् भन्ने कुरा भर्खरै सार्बजनिक भएको खबरबाट प्रष्ट हुन्छ । यूरोप छिर्न दुई व्यक्तिहरुले लगाएको जुक्तिले तपाईलाई पनि पक्कै चकित बनाउनेछ ।

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार यूरोप छिर्नको लागि गद्दामा लुकेर यात्रा गरिरहेका दुई अफ्रिकीलाई स्पेनको सिमानाबाट पक्राउ गरिएको छ ।

उत्तरी अफ्रीका बन्दरगाहबाट उनीहरुलाई पक्राउ गरिएको हो । गद्दा चक्कुले काटेर चेक गर्दा दुई अफ्रिकी फेला परेको भिडियोनै सामाजिक संजालमा देखा परेको छ । भिडियोमा गद्दा भित्रबाट दुई अफ्रिकी निक्लिंदै गरेको पनि देख्न सकिन्छ ।

स्पेन सिमा प्रहरीले ती दुईलाई मेलिल्ला भन्ने ठाउँबाट पक्राउ गरेको बुझिएको छ । पक्राउ परेका दुवैको स्वास्थ्य सामान्य रहेको प्रहरीले जानकारी दिएको हो । अफ्रीका देखि यूरोप छिर्नको लागि यस्तै तरिका अपनाउनेहरुको मृत्यु समेत हुने गरेको छ ।

उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भैरहेको छ । तर भ्यान चालक भने मोरोक्को तर्फ भागेको कारण पक्राउ पर्न सकेनन् ।