भारतको हरियाना राज्यमा एक नेपालीको अपत्यारिलो मृत्यु

काठमाडौँ, २८ पुस । भारतमा कार्यरत एक नेपालीको निधन भएको छ। हिजो शुक्रबार राति भारतको हरियाणा राज्यको गुड्गाव शुख्रालीस्थित भारत पिजिमा कार्यरत ५२ वर्षीय ऋषि भट्टराईको निधन भएको हो ।

अर्घाखाँचीको सितगंगा नगरपालिका ३ थाम्कोटका भट्टराइको मृत्युको कारण भने अपत्यारिलो छ । हरियाणा प्रहरीका अनुसार उनि कार्यरत कम्पनीको बाथरुममा आफैँ चिप्लिएर लड्दा ज्यान गएको हो। आफै चिप्लिएर घटना भएपनि घटना कम्पनीभित्रै भएको भन्दै त्याहाँ रहेका नेपाली संघ संस्थाहरु लगाएत त्याहाँ रहेका समाजसेवी भेषराज पौडेल, झबिलाल अधिकारी, तारा भट्टराई र भेषराज बेल्बासे मृतकका परिवारलाई कम्पनीले क्षतिपूर्ती दिनुपर्ने माग राखेका छन्।

मृतक भट्टराईको शवलाई पोष्टमार्टमका लागि नजिकैको एक अस्पतालमा लगिएको त्यहा कार्यरत नेपालीहरुले जनाएका छन्। रोजगारीको सिलसिलामा हजारौ नेपालीहरु भारतमा छन ।