राम्री हुन लिप सर्जरी गरेकी सारा खान बिरूप भएपछि बनिन् ट्रोलको शिकार !

काठमाडौँ, २८ पुस । प्राय सबै बलिउड अभिनेत्रीहरु सर्जरीका सौखिन हुन्छन् । कसै न कसैले शरीरको कुनै न कुनै अंगको सर्जरी गरेका हुन्छन् । सुन्दर हुनलाई सर्जरी गरे पनि कसैको रुप झन् बिग्रिएको उदाहरण पनि प्रसस्तै छन् । यसैको पछिल्लो उदाहरण बनेकी छिन् भारतीय टेलिभिजन जगतकी प्रसिद्ध अभिनेत्री तथा मोडेल सारा खान ।

उनले आफ्नो ओठको सर्जरी गरेपछि उनि ट्रोलको शिकार बनेकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार हालै उनले आफ्नो ओठको सर्जरी गराएकी थिईन् । सर्जरी गराएपछि उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा फोटो शेयर गरेकी थिईन् । शेयर गरिएको फोटोको तारिफ गरिनुको सट्टा ट्रोल बनाइको छ । किनकि सर्जरी पछि साराको अनुहार चिन्न फ्यान्सलाई मुश्किल परिरहेको छ ।

फोटोमा हेर्दा लिप सर्जरी उनलाई नसुहाएको प्रष्ट देख्न सकिन्छ । सर्जरी पछि उनको अनुहारको स्वरूप नै बिग्रिएको छ । आफूलाई दोस्रो भन्दा अलग देखाउनको लागि र आफ्नो सुन्दरता बढाउनको लागि उनले यो प्रयोग आफ्नो अनुहारमा गरेकी थिईन्। जुन असफल भयो ।

सामाजिक सञ्जालमा उनका फ्यान्सले उनको यो नयाँ लुक बिल्कुलै मन पराईरहेका छैनन् । उनले इन्स्टाग्राममा बताएअनुसार उनी चाँडै सिरियल ‘बिदाई’ बाट सानो पर्दामा एक पटक फेरि कदम राख्दै छिन् ।