बलिउड अभिनेता ऋतिक रोशनको जन्मदिनमा नाकमा नली लगाएर आए क्यान्सरपीडित पिता राकेश, हेर्नेहरु सबैका आँखा रसाए

मुम्बइ। बलिउड अभिनेता ऋतिक रोशन ४५ वर्षका भएका छन् । उनले शुक्बार अर्थात १० जनवरी मा आफ्नो ४५ औ दिन् मनाएका छन् ।फोटोमा ऋतिकसँगै आमा पिंकी, पिता राकेश रोशन, ऋतिकका छोरा ऋदान, भान्जी सुनारिका देखिएका छन् ।

क्यान्सरसँग लडेका पिता राकेश छोराको जन्मदिनमा नाकमा नली लगाएर आएपछि देख्नेहरु सबैका आँखा रसाएका थिए ।जुन तस्विर अहिलेृ सामाजिक संजालमा भाइरल भइरहेको छ ।

राकेशलाई घाँटीको क्यान्सर भएको छ र ऋतिकको जन्मदिनको ठिक अघिल्लो दिन उनको अपरेशन गरिएको थियो । कार्यक्रममा ऋतिकका काका राजेश रोशन पनि देखिएका थिए । पत्नी सुजैनसँग सम्बन्धबिच्छेद गरेर बसेका उनीहरु अहिले राम्रो साथी बनेर बसेका छन् । सुजैनले ऋतिकको जन्मदिनमा छोराहरुसँगको फोटोशेयर गर्दै शुभकामना दिएकी थिइन् ।