एक अनलाइन पोर्टलविरूद्ध साइबर क्राइम अन्तर्गत प्रहरीकोमा उजुरी गर्न पुगिन् रन्जु दर्शना !

काठमाडौं, २८ पुस । तत्कालिन विवेकशील साझा पार्टीका नेत्री रन्जु दर्शनाले एक अनलाइन न्युज पोर्टलविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता गर्न प्रहरीकोमा पुगेको खुलासा गरेकी छिन् ।

उनले आफु र रबिन्द्र मिश्रको बारेमा गलत अफवाह फैलाई चरित्र हत्या गरेको उक्त पोर्टलबिरुद्ध साइबर क्राइमको मुद्दा दर्ता गर्न प्रहरीकोमा पुगेको जानकारी गराएकी हुन् ।

उक्त समाचारबारे रन्जुले खण्डन गर्दै भनेकी छिन-

साथीहरु,
यस लिंकमा राखिएका जानकारी सरासर भ्रमित पार्ने र चरित्र हत्या गर्ने उद्देश्यले लेखिएकोले यसको पछाडि नलाग्न अनुरोध गर्दछु। यस विरुद्ध नेपाल प्रहरीको साइबर क्राइम विभागमा उजुरी दर्ता गरेको कुरा पनि जानकारी दिन चाहन्छु ।

रञ्जु दर्शना काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार भएपछि स्थानीय निर्वाचनताका चर्चित बनेकी थिइन् । उनलाई नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले पराजित गरेका थिए ।

विवेकशील साझा पार्टीका सहअध्यक्ष थापाले केहीअघि पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । तर त्यसमाथि पार्टीमा छलफल नै नभएको नेतृ दर्शनाले बताइन् । संयोजक मिश्रले थापा पक्षलाई बेवास्ता गर्ने गरेको थियो ।