जाडो याममा बदाम खानु स्वादिलो मात्रै होइन अन्य रोगलाई पनि नियन्त्रण गर्छ ! जानी राखौ

प्राकृतिक फल मध्ये बदाम पनि एक महत्वपूर्ण फल हो । बदाम मन नपराउने सायदै कमै हुन्छन होला । बदाममा प्रोटिन प्रशस्त मात्रामा पाइन्छ ।

बदाम जाडोयाममा खाने गरिन्छ । खादा स्वादिलो मात्रै होइन बदाम खानु स्वस्थको लागि पनि अत्यन्तै फाइदाजनक हुन्छ । बदाममा उच्च मात्रामा चिल्लो पदार्थ हुने भए पनि यो प्रोटिन तथा फाइबरको राम्रो स्रोत हो, जसमा शरीरका लागि आवश्यक खनिज तत्व भरिपूर्ण हुन्छ ।

नियमित बदाम खाँदा मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ । बदाम खाने व्यक्तिमा डिप्रेसनको समस्या एकदम न्यून हुन्छ । यस्तै, बदाममा पाइने फाइलोस्टेरोल नामक तत्वले ट्युमरलाई नियन्त्रण गर्नुका साथै क्यान्सर हुनबाट जोगाउँछ । हप्तामा दुईपटक बदाम खाने महिलामा ५८ प्रतिशत र पुरुषमा २७ प्रतिशत कोलोन क्यान्सरको खतरा कम हुन्छ ।