भारतका राष्ट्रपतिद्वारा प्रधानसेनापति थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, २८ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारत सरकारले मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।

भारत भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले शनिबार राष्ट्रपति भवनमा मानार्थ भारतीय स्थल सेनाका सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल र भारतबीच दुबै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा दिने प्रचलन स्वरुप भारतले नेपालका प्रधानसेनापति थापालाई भ्रमणको अवशर पारेर दर्ज्यानी चिन्ह प्रदान गरेको समाचारमा जनाइएको छ ।

प्रधानसेनापति थापा शुक्रबार भारत भ्रमणमा निस्किएका हुन् ।