पार्टीमा अस्वाभाविक घटनाक्रम बढे भन्दै पत्रकार सम्मेलनमै विवेकशील साझाका प्रवक्ता आचार्य भक्कानिएपछि …!

काठमाडौं, २८ पुस । विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्य पत्रकार सम्मेलनमा बोल्दा बोल्दै भक्कानिएका छन् ।

पार्टीमा आएको फुटपछि शनिबार पार्टी कार्यालय बखुण्डोलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीै फुटेकोबारे जानकारी गराउँदा गराउँदै उनी भक्कानिएका हुन् ।

पार्टी संयोजक रवीन्द्र मिश्रले बोल्न ढाडस दिएपछि आफूलाई पुनः सामान्य अवस्थामा उनले फर्काएका थिए ।

उनले पार्टीमा पछिल्लो समय अस्वभाविक ढंगले घटनाक्रमहरू बढेको बताउँदै पार्टी फुटको घटनाले आफूहरू स्तब्ध भएको बताए ।

उनले पार्टीको बैठकमा आउनुपर्ने कुरा अर्का पूर्व संयोजक उज्जल थापाले अखबारमा सार्वजनिक गरेको भन्दै असन्तुष्टि पनि जनाए ।

विवेकशील साझाको पत्रकार सम्मेलन अझै पनि जारी छ ।