बलिउड टिभी सिरियलका सबैभन्दा महँगो अभिनेत्रीहरु यी हुन् !

एजेन्सी, २८ पुस । बलिउड टेलीसिरियलले पनि आम दर्शकको धेरै माया र साथ पाउने गरेको छ । जसरी बलिउड चलचित्रहरु उत्कृष्ट बन्ने गरेका छन् त्यसरी नै बलिउड टेलीसिरियलहरु पनि उत्कृष्ट रहेका छन् । टेलीसिरियलका नायक नायिकाहरुको पनि राम्रो कमाइ र फ्यान फलोइङ्ग हुने गरेका छन् । आज हामी यसै बिषयमा केन्द्रित रहेर बलिउड टेलीसिरियलका महँगो अभिनेत्रीहरुको बारेमा तपाइँलाई जानकारी दिने छौ ।

१. हिना खान

टेलीसिरियल जगतमा यदि चर्चाको उच्च शिखरमा कसैको नाम रहेको छ भने त्यो हो हिना खान । हिना खान निकै चर्चित र डिमाण्डेड एक्ट्रेस हुन् । हाल उनि टेलीसिरियल कसोटी जिन्दगीकी मा कोमोलिकाको रोल निभाउँदै छिन् ।

२. द्रस्टी धामी

द्रस्टी सेकेन्ड हाइएस्ट पेड एक्ट्रेस हुन् । उनले आफ्नो फ्यानको बीच आफ्नो छुट्टै पहिचान बनाएकी छिन् । द्रस्टी मधुबालाबाट निकै चर्चामा आएकी छिन् ।

३. दिभ्यंका त्रिपाठी

दिभ्यंका आफ्नो सादा अन्दाजको कारण चर्चामा छिन् । उनको फ्यान फलोइङ्ग निकै राम्रो छ । उनि टेलिभिजनकी तेस्रो हाइएस्ट पेड एक्ट्रेस हुन् ।

४. एरिका फर्नान्डिज र जेनिफर विन्गेट

यि दुई चौथो हाइएस्ट पेड एक्ट्रेस हुन् । यि दुवै उस्तै-उस्तै पारिश्रमिक लिने गर्छन ।