यौन क्षमता बढाउन अपनाउनुहोस् यी घरेलु उपचार विधि

मानिसलाई गास बास र कपास संग संगै शारीरिक सम्पर्क पनि उत्तिकै महत्वपूर्ण हुन्छ । आजकल धेरै मानिस यौनसम्बन्धी कमजोरीबाट पीडित रहेको पाइन्छ । यौन समस्या समाधान गर्ने अनेक थरि औषधिहरु त पाइन्छन् । तर,आफैले आफ्नै वरिपरी पाउने घरेलु तरिकाले समस्याको समाधान गर्न चाहनु हुन्छ भने आफैले पनि केहि हद सम्म गर्न सकिन्छ ।

यस्तो छ औषधि

एउटा स्याउ लिनुहोस् । अब यसमा जतिसक्दो धेरै ल्वाङ गाड्नुहोस् । यस्तै अर्को एउटा भेटेसम्म ठूलो कागती लिएर आउनुस् । यसमा पनि जतिसक्दो धेरै ल्वाङलाई गाड्नुहोस् । तलको चित्रमाजस्तै ल्वाङ गाड्नका लागि टूथपिकको सहयोग लिन सकिन्छ । यसरी ल्वाङ गाडिएको स्याउ र कागतीलाई भाँडोमा राखेर राम्रोसँग छोप्नुहोस् । अनि एक हप्तासम्म कुनै चिसो ठाउँमा लगेर जतनसाथ राख्नुहोस् । चिसो ठाउँमा यसकारण राख्नुपर्छ कि स्याउ र कागती खराब हुन नपाओस् ।

एक सातापछि स्याउ र कागती दुवैबाट ल्वाङलाई निकाल्नुहोस् । यसरी निकालिएको ल्वाङलाई काँचको फरक-फरक सिसीमा हालेर राख्नुहोस् । अब यसरी तयार भएको ल्वाङ दैनिक दुईवटाको दरले खानुपर्छ । पहिलो दिन कागतीबाट निकालिएको दुई ल्वाङ मसिनो बनाएर पिस्नुहोस्, अब यसलाई बाख्राको दूधमा मिसाएर पिउनुस् । यदि बाख्राको दूध पाइन्न भने गाईको शुद्ध घिउ पनि प्रयोग गर्न सकिन्छ । फेरि अर्को दिन स्वाउबाट निकालेको दुई ल्वाङलाई पिसेर त्यसैगरी खानुहोस् ।

यसरी दैनिक पालैसँग फरक-फरक सिसीको ल्वाङ दुई/दुईवटाको ४० दिनसम्म खाँदा तपाईंका अधिकांश यौन समस्या समाधान हुनेछन् । साथै यौन क्षमता पनि दोब्बर हुनेछ । यो निकै नै प्रभावकारी आयूर्वेदिक औषधि प्रयोगमा नियमितता चाहिन्छ । नियमितताले नै यसलाई प्रभावकारी ढंगले काम गर्न सघाउँछ । एजेन्सीको सहयोगमा