गोरखाको लिगलिगकोटमा राखियो ६० फिट भन्दा अग्लो राष्ट्रिय झण्डा !

गोरखा, २८ पुस । गोरखाको लिगलिगकोटमा ६० फिट अग्लो राष्ट्रिय झण्डा राखिएको छ ।

पृथ्वीनारायण शाहको जन्मजयन्तीको अबसरमा पालुङटार नगरपालिका २ लिगलिगमा ६० फिट अग्लो झण्डा राखिएको हो ।

पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कडेँलले शुक्रबार राष्ट्रिय झण्डा झण्डोत्तलन गरेको समाचारमा जनाइएको छ ।

द्रव्यशाह दौडेर लिगलिगकोटको राजा भएका थिए । द्रव्य शाहकै पालाको कोट रहेकोले यहाँ आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि पुग्ने गर्छन् ।