पुरुषहरुले यस्तो महिलासँग विवाह गरे भाग्य चम्किने छ !

काठमाडौं, २८ पुस । भनिन्छ -पुरुषको सफलताको पछाडि महिलाको हात हुन्छ, के साँच्चै यो कुरा सत्य हो त ? अवश्य पनि घर परिवार शुखी र खुशी राख्न अनि श्रीमानलाई सफल बनाउन स्त्रीको हात हुने समुन्द्रशास्त्रमा पनि उल्लेख गरिएको छ ।

समुन्द्रशास्त्रमा लेखिएको छ की तलका गुणहरु भएका कन्यासँग संगत गर्ने पुरुष असाध्यै भाग्यमानी हुन्छ । यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने यो शास्त्रमा लेखिएको छ ।

कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् ।

पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ ।

यदी कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।

कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ ।

हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।

आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।

कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।

यदी शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।

निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।

समुद्रशास्‍त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।

कन्याको छोटो गर्धन पनि शुभ मानिन् ।