प्रहरीमा भर्ना हुन गएका युवकको घाँटी रेटेर वीभत्स हत्या !

राँझा, २८ पुस । नेपाल प्रहरीमा भर्ना हुन गएका सुर्खेतका एक युवकको विभत्स हत्या भएको छ ।

सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै खुला चउरमा घाँटी रेटेर विभत्स हत्या गरिएको हो ।

घाँटी रेटिएको अवस्थामा आज उनको शव फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक सिंहले भने, “गए रातिको घटना हुनुपर्छ, घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ, धारिलो हतियारले घाँटी रेटिएको छ, अनुसन्धान गर्दै छौँ ।”

मृतकका आफन्तका अनुसार, ठकुरी प्रहरीमा भर्ना हुन कोहलपुर आएका थिए । ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात व्यक्तिलाई रु एक लाख ५० हजार बुझाएका थिए । सोही अज्ञात व्यक्तिले बोलाएको भन्दै शुक्रबार घरबाट निस्किएका ठकुरी आज बिहान मृतावस्थामा फेला परेका हुन् ।प्रहरीमा भर्ना हुन गएका युवकको घाँटी रेटेर वीभत्स हत्या !