तपाईले खल्तिमा बोक्ने मोवाइलको ब्याट्री जतिबेला पनि पड्किन सक्छ र ज्यानै जान सक्छ, यसरी अपनाउनुहोस् सजकता

काठमाडौँ । पछिल्लो समय सामसुङको स्मार्टफोनको ब्याट्रि पड्केको खबरहरु आइरहेका छन् । विराटनगरमा शुक्रबार मात्रै मोबाइलको ब्याट्री पड्केर एक बालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ मा ११ वर्षीय बालक अमित मण्डलको परालको आगोमा ब्याट्री पड्केर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले ओएसनेपाललाई जानकारी दिए । आगो बालेर ताप्ने क्रममा बिस्फोट हुँदा घाइते भएका बालकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मोबाइलको ब्याट्री पड्किएर ज्यान गुमाएका मण्डल परिवारलाई प्रदेश सरकारले १ लाख रुपैयाँ दिने भएको छ ।

सामसुङ नोट–२ मा यस्तो समस्या देखिएको थियो । यस्ता घटनाका कारण यसको विक्रीमा पनि रोग लगाइएको थियो । यस्तो घटना कम्पनीको गुणस्तरमा मात्रै भर पर्दैन, प्रयोगकर्ताको तर्फबाट पनि केही गल्ति हुनसक्छ । तपाई पनि यस्तो गल्ति नगर्नुहोस् भन्नका लागि केही टिप्स हामीले पनि फलो गर्नुपर्छ । मोबाइल चार्ज गरिरहेका बेला कहिल्यै कुरा नगर्नुहोस् । यसो गर्नाले ब्याट्रि चाँडै तातिने र पड्किने संभावना बढी हुन्छ ।

कम्पनीकै चार्जर प्रयोग गर्नुहोस्, धेरै जसो चार्जर नक्कली हुने गर्छन्, जसले मोबाइलको ब्यट्रि तातिन्छ । यूएसबी केबलबाट चार्ज गर्नु राम्रो मानिन्छ । किनकि त्यसबाट विस्तारै–विस्तारै चार्ज हुन्छ र फोन पड्कने खतरा पनि हुन्न । ब्याट्रिलाई कहिले पनि एकदम डाउन हुने गरी चलाउन हुँदैन, त्यसलाई ३० प्रतिशत हुँदै चार्जमा राखिहाल्नुहोस् । चार्जमा राखिएको मोबाइल कहिल्यै कुनै पनि प्रयोगजनका लागि प्रयोग नगर्नुहोस् । जब फोन फुल चार्ज हुन्छ, तब चार्जरबाट निकाली हाल्नुपर्छ, त्यसो नगरे मोबाइल त्यहीबाट तातिन थाल्छ र पड्किने संभावना हुनसकछ ।