यसरी प्रतिद्वन्दीको टाउकोमा हानेपछि मुलरलाई दुई खेलमा लगाइयो प्रतिबन्ध !

एजेन्सी, २८ पुस । अनुसासनहीन खेलेपछि बायर्न म्युनिखका फरवार्ड थोमस मुलरलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ ।

मुलरले च्याम्पियन्स लिगअन्तर्ग समूह चरणमा आयक्सका निकोलास टागलीयाफीकोको टाउकोमा लाग्ने गरी किक हानेपछि उनलाई दुई खेलमा प्रतिबन्ध लगाइएको हो ।

उनले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ मा लिभरपुलविरुद्ध १९ फेबु्रवरीमा एनफिल्ड र म्युनिखमा १३ मार्चमा हुने खेलमा सहभागि हुन पाउने छैनन् ।

सोसल मिडियामा मुलरले निकोलासको टाउकोमा खुट्टाले हानिरहेको तस्वीर भाइरल भएको थियो । तर यसका लागि मुलरले जानी जानी नहानेको भन्दै माफी समेत माँगेका थिए ।