द भ्वाइस अफ नेपालमा सबैको मन जितेर लाइभ राउण्डबाट बाहिरिएका सुरज तामाङले सार्वजनिक गरे नयाँ गीत (भिडियोसहित)

काठमाडौँ, २८ पुस । सानै उमेरमा साङ्गीतिक दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउदै गरेका सुरज तामाङको नयाँ गीत सार्बजनिक भएको छ ।

नेपालको चर्चित गायन रियालिटि शो नेपाल आइडल सिजन १ र द भ्वाइस अफ नेपाल सिजन १ मा आफ्नो प्रस्तुती दिएर सबैको मन जित्न सफल मोरङका गायक सुरज तामाङको नयाँ गीत बजारमा आएको हो ।

यस अघि नै धेरै चर्चित गीतहरू बजारमा ल्याइसकेका छन् । भर्खरै सार्बजनिक गीतमा स्वर, शब्द र म्युजिक स्वयं सुरज तामाङकै रहेको छ भने यस गीतलाई दिवेश राईले एरेन्ज गरेका छन् ।

त्यसै गरी गितारमा सजिप रार्इ छन् । यस गीत आशा म्युजिक कम्पनीबाट बजारमा सार्वजनिक गरिएको छ ।

हेर्नुस् भिडियो :